" गोर्खा वेल्फेयर स्कीमले गोर्खा वेल्फेयर ट्रष्टद्धारा प्रदान गरिएको श्रोत र साधन र नीतिनियम अनुसार भुतपूर्व गोरखा सैनिकहरु, उनीहरुमा भरपर्नेहरु र उनीहरुको समाजलाई सहयोग पुर्‍याउदै आएको छ । "
MRI सेवामा सहुलियत प्रदान        निःशुल्क स्वास्थ्य शिविर बस्नेबारे सूचना        Not Available in Nepali        वेल्फेयर पेन्सन बढ्यो        
गृह पृष्ठ
समाचार र कार्यक्रमहरु
सूचनाहरु
फोटो संग्रह
त्रैमासिक पत्रिका
लेखहरु
बार्षिक प्रतिवेदनहरु
सम्पर्कहरु
 
   जि डब्ल्यू एस वेवसाइटमा स्वागत छ ।
MRI सेवामा सहुलियत प्रदान
हालैमा मणिपाल शिक्षण अस्पताल पोखराले GWS का सबै विरामीहरुलाई MRI स्क्यान सेवामा २५ प्रतिशत सहुलियत दिने घोषणा गरेको छ। यो सहुलियत पाउनको लागि  GWS को स्वास्थ्य उपचार सर्टिफिकेट (फारम नं. २६) पेश गर्नु पर्दछ। MRI स्क्यान गर्नु पर्ने सबै भू.पू. सैनिक तथा उनिहरुको परिवारले यो सुविधाबारे जानकारी पाउनु आवश्यक छ ।
निःशुल्क स्वास्थ्य शिविर बस्नेबारे सूचना
तल दिइएका स्थान र मितिमा निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन हुंदैछ।
स्थान                                                            मिति
पट्रोल बेस त्रिशुली                                    ७ देखि ९ डिसेम्बर २००९
AWCs भोजपूर र गुल्मी (तम्घास)           १४ देखि १७ डिसेम्बर २००९
पट्रोल बेस घोराही (दाङ्ग)                          २ देखि ४ मार्च २०१०
AWC खाँदबारी                                       १५ देखि १७ मार्च २०१०
AWC ताप्लेजुङ                                         १ देखि ३ जुन २०१०
AWC स्याङजा                                        १४ देखि १६ जुन २०१०
पट्रोल बेस बेनी (म्याग्दी)                         २५ देखि२७ अगस्ट २०१०
AWC फिदिम                                            ६ देखि ८ सेप्टेम्बर २०१०
AWC दिक्तेल र भेरी                                  १३ देखि १५ डिसेम्बर २०१०
Not Available in Nepali
Not available in Nepali
वेल्फेयर पेन्सन बढ्यो

गत २००९ अप्रिल २४ मा बसेको GWT (UK)  ट्रष्टीहरूको वैठकले वेल्फेयर पेन्सनको दरमा वृद्धि गर्ने निर्णय गरेको छ । यहि १ जुलाई २००९ देखि वेल्फेयर पेन्सनको दर मासिक रु.३,८०० बाट बढेर मासिक रु.४,००० हुनेछ । यो वृद्धिले गर्दा अबदेखि एउटा वेल्फेयर पेन्सनरले हरेक तीन-तीन महिनामा वेल्फेयर पेन्सन थाप्दा एकमुष्ट रकम रु.१२,००० पाउनेछन ।


Extracts from the report by Mobile Doctor Dr Gita Pun
……After the morning tea we proceeded for a near by village Biddim where as we were told some Welfare Pensioners (WPs) are living. We started early so as to be back by 10 AM and to go to a drinking water project site with Project Supervisor Mr Tamang. After 10 minutes walk in a dusty track we followed another side track down hill thinking it as a short cut route. We had walked down quite a distance and when we met a middle aged man coming up whom we queried whereabouts the home of WPs. To our frustration we found out that we have taken down wrong route and climbed all the way up arriving to a WP's home at about 9.30 AM. The old WP widow was sitting at the courtyard of her old home. She looked quite fine. We talked for a while then I examined her. Her vitals were normal except she had some vision problem and gave her some medicines and advice. Next was another 80 years old widow some 5 minutes walk away. She was sitting by fireside and looked quite fragile but she said she didn't have any problem as such and her vitals were also quite normal. I gave her some vitamins and advised her not to stay in smoke for too long that may cause her vision problem. Then we headed back all the way uphill just in time for lunch. After lunch the Water Project staffs gathered for a check up and also some volunteer workers from community and their relatives as well. By the time we finished the clinic it was quite late and we couldn't make to the water project site. A short welcome and thank you speech from Mr Tamang and we set off for a long walk back to the Area Welfare Centre (AWC) to be ready for pension payment the following day…….
GWS मा नया डाईरेक्टर

GWS को नया डाईरेक्टर कर्णेल एन्डि्रउ मिल्स्
(Click to Enlarge)
 GWS को नयां डाईरेक्टर कर्णेल एन्ड्रिउ मिल्स्गोर्खा वेल्फेयर स्कीमले नयां डाईरेक्टरको रुपमा कर्णेल एन्ड्रिउ मिल्स्लाई हालै स्वागत गरेको छ। कर्णेल मिल्स्ले यहि २३ नोभेम्बर २००९ देखि कर्णेल आर.जे.जे. एलिस् QG SIGNALS बाट सो पदको अभिभारा लिनुभएको हो। ओन्डल स्कूल र लिड्स् युनिभर्सिटीबाट शिक्षा प्राप्त गर्नुभएको एन्डिउ्र मिल्स् सन् १९८२ मा रोयल ईञ्जिनियसमा कमिशन हुनुभएको थियो। उहांले फक्ल्याण्ड टापु, वाल्कन्स् र अफगानिस्तानमा भएको अपरेशनहरुमा भाग लिनुभएको थियो। क्विन्स् गोरखा इञ्जिनियर्स र २० फिल्ड स्क्वाडनम जुिनयर कमाण्डको कार्यकाल सकेपछि उहां सन् २००० मा २८ इञ्जिनियर रेजिमेन्टको कमाण्डिङ्ग अफिसर नियुक्त हुनुभयो। त्यसपछि सन् २००५ मा उहांले १२ एअर सपोर्ट इञ्जिनियर ग्रुपको कमाण्ड लिनभुयो र अफगानिस्तान जानुभयो। त्यहां गएर कन्डहार र हेल्मण्ड प्रान्तमा ब्रिटिश फौजको लागि बसे र सुिवधाहरुको निमार्ण गर्नुभयो जनु कार्यको लागि बि्रटिश कन्स्ट्रक्सन् इन्डस्ट्रीले औपचारिक रुपमा कदर गर्दै पुरस्कार प्रदान गर्‍यो। सन् २००८ मा उहांले अफगानिस्तानको जाबुल प्रान्तमा रोमानियन र अमेरिकन संयुक्त टास्क फोर्सको कमाण्ड गर्नुभयो। उहांले भर्खरै गर्नुभएको स्टाफ नियुक्तीहरुमा रोयल मिलिटरी कलेज अफ साइन्स्, शराइभ्हामको डाइरेक्टिङ स्टाफको एउटा सदस्य, बोस्नियामा डेपुटी कमाण्डर (अपरेशन) को मिलिटरी असिस्टेन्ट, रोयल इञ्जिनियर्स म्यानिङ्ग एण्ड करियर म्यानेज्मेन्ट डिभिजनको कर्णेल र रिजनल कमाण्ड (दक्षिण) अफगानिस्तानमा डेपुटी चिफ अफ् स्टाफ (पुनःर्निर्माण र विकाश) पर्दछन्। अहिले उहांले डिफेन्स् अट्याची काठमाण्डू, कमाण्डर ब्रिटिश गोर्खाज नेपाल र डाईरेक्टर गोर्खा वेल्फेयर स्कीमको संयुक्त पदभार लिनुभएको छ। अविवाहित एन्ड्रिउ मिल्स्ले अफशोर सेइलिङ्ग गर्न, लामो दुरीको दौड दगुर्न र डांडाकांडामा हिड्न मन पराउनु हुन्छ। उहां एउटा आर.वाइ.ए. याच्मास्टर ओशिएन र याच्मास्टर इक्जामिनर पनि हुनुहुन्छ। उहां पहिला रोयल इञ्जिनियर याच क्लबको कमाण्डर पनि हुनुहुन्थ्यो साथै सन् २००७/०८ मा आर्मी एन्टार्टिक एक्स्पीडिसनको नेतृत्व गर्नुभएको थियो।
BGN तथा GWS को वार्षिक सम्मेलन २००९


(Click to Enlarge)
ब्रिटिस गोर्खाज नेपाल  तथा गोर्खा वेल्फेयर स्कीमको वार्षिक सम्मेलन २००९
 यस वर्षको ब्रिटिस गोर्खाज नेपाल तथा गोर्खा वेल्फेयर स्कीमको वार्षिक सम्मेलन गत सेप्टेम्बर १४ देखि १८ तारिखसम्म ब्रिटिश गोर्खाज पोखरामा सम्पन्न भयो। सम्मेलनमा सम्पूर्ण AWOs हरु, ब्रिटिस गोर्खाज नेपाल, BGP र  गोर्खा वेल्फेयर स्कीमका मुख्य व्यक्तित्वहरु तथा सिंगापूर पुलिस फोर्सको प्रतिनिधि सहभागी हुनुभएको थियो। सम्मेलनको प्रमुख उद्धेश्य गोर्खा ब्रिगेड, ब्रिटिश गोर्खाज नेपाल र गोर्खा वेल्फेयर स्कीमसंग सम्बन्धित नयां कुराहरुको जानकारी दिनु रहेको थियो। सम्मेलनको पहिलो चरण गोर्खा वेल्फेयर स्कीमको सेमिनार र तालिमबारेमा केन्द्रित थियो। गोर्खा वेल्फेयर स्कीमको फिल्ड डाईरेक्टर लेफ्टिनेन्ट कर्णेल ए. पि. एम. ग्रिफिथले उक्त सेमिनारको उद्घाटन गर्दै गोर्खा वेल्फेयर स्कीमको आगामी कार्यनितिबारे प्रष्ट पार्नुको साथै  AWO हरुलाई आवश्यक निर्देशनहरु दिनुभयो। त्यसपछि विभिन्न विषयमा सम्बन्धित विभागीय प्रमुखहरुबाट जानकारी दिइएको थियो।
AWC गोरखामा स्वास्थ्य शिविर सम्पन्न


(Click to Enlarge)
२००९ सेप्टेम्बरको २ देखि ४ तारिखको अवधिमा AWC गोरखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिया। शिविरमा भू.पू. सैनिक तथा उनका परिवार र स्थानीय समुदायलाई निःशुल्क स्वास्थ्य परिक्षण, आंखाको अपरेशन, दांतको रोग र स्त्रीरोग सम्बन्धि उपचार गरी औषधिहरु वितरण गरियो। तीन दिनसम्म संचालन भएको सो शिविरबाट गोरखा, धादिङ, लम्जुङ र तनहुं जिल्लाबाट आएका १,५१९ जना विरामीहरु लाभान्वित भए जस मध्ये ६५ प्रतिशत महिला थिए। शिविरमा आएका बिरामी मध्ये एउटा ९६ वर्षीय वेल्फेयर पेन्सनर, आर्मी नं. ४७३९८ लेस् नायक दलबहादुर घले भू.पू. १/४ गोर्खा राइफल्स् सबैभन्दा वृद्ध बिरामी थिए भने आंखाको अपरेशन गरिएका बिरामीहरु मध्ये सबैभन्दा वृद्ध ९१ वर्षीया वेल्फेयर पेन्सनर, विधुवी चन्द्रमाया थापा (आर्मी नं. ७२८७५ स्वर्गीय सिपाही गंगाबहादुर थापा भू.पू. ४/६ गोर्खा राइफल्स्को श्रीमति) थिइन् ।
घुम्ति डाक्टरको क्लिनिक

डा.अविन्द्र रुम्दाली राई MBBS
(Click to Enlarge)
AWC भोजपूरमा एउटा भू.पू. सैनिक  सिपाही कर्नबहादुर राई ७ गोर्खा राइफल्स्को खुट्टामा सानो अपरेशन गर्दै GWS को घुम्ति डाक्टर डा. अविन्द्र रुम्दाली राई MBBS। कर्नबहादुरको खुट्टाको  nail बिग्रेको कारणले उनलाई ज्यादै दुख्थ्यो र उनले यो दुखाई विगत १२ वर्ष अघिदेखि खप्दै आएका थिए ।
कास्की वृद्धा भवनबारे जानकारी

कास्की वृद्धा भवनको 3-D नक्सा
(Click to Enlarge)
परिचय
 कास्की वृद्धा भवन एउटा परम्परागत नेपाली निर्माण सामाग्रीहरुबाट बनाइएको सम्पूर्ण आवश्यक सुविधा सहितको आधुनिक घर हो। पोखरा उपत्यकाभित्र अवस्थित gws को एक प्रमुख एरिया वेल्फेयर सेन्टर कास्कीको परिसरमा रहेको ३ रोपनी जग्गामा यो भवन बनेको छ। शितल हावापानी, मनोरम हिमाली दृष्य र रमाइला ठाउंहरुबाट नजिक पर्ने हुनाले पोखरा घुम्न र बस्नको लागि लोकप्रिय छ।
उद्देश्य
 दिनहरु बित्दै जांदा मानिसको जिवनमा अनेकौं किसिमका शारिरिक, मानसिक तथा भावानात्मक दुःख एवं कठिनाईहरु आइपर्छन। हाम्रा लगनशिल र समर्पित स्टाफहरुले तपाईको यस्ता कठिनाई र दुःखको सामना गर्न मद्दत पुर्‍याउनुको साथै तपाईको दैनिक जिवनयापनमा सुधार ल्याउन भरपूर समय दिनेछन।  तपाईले यो बुझनुहोस् कि कास्की वृद्धा भवनमा तपाईको बसाईलाई सकेसम्म सुखद र सुरक्षित बनाउनको लागि हामीले कुनै कसर बांकी राख्नेछैना। तपाईलाई कास्की वृद्धा भवनमा कहिल्यै पनि एक्लोपनको आभास हुनेछैन। त्यहां तपाईले नयां साथीहरु भेटेनु हुनेछ साथै हाम्रा नियमित क्रियाकलाप र मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुनुहुनेछ। तपाईलाई भेटेन आउने तपाईका आफन्तहरुलाई सधै स्वागत छ र तपाईको परिवार र साथीहरुसंग भेटघाट गर्न प्रशस्त अवसर दिईनेछ।
मापदण्ड
 यो कास्की वृद्धा भवनमा आफ्नो जिवनको उत्तरार्द्धका दिनहरु बिताउन सबै वेल्फेयर पेन्सनरलाई खुल्ला छ तर पनि त्यसमा केहि मापदण्डहरु तोकिएका छन्, जस्तैः उमेर ८० वर्षभन्दा माथिको हुनुपर्ने, विधुर वा विधुवी हुनुपर्ने, अरुको सहयोग बिना नै आफ्नो नियमित व्यक्तिगत कामहरु आफै गर्नसक्ने र परिवारको सहयोग बिना एकलै बस्दै आएको हुनुपर्ने ।
सामुदायिक सहयोग योजना

सिंहदेवी प्रा वि को नवनिर्मित भवनको उदघाटन गर्दै एलिस्टार म्याक्लिन
(Click to Enlarge)
SINGLA स्कूलको उदघाटन
१३ नोभेम्बर २००९ को दिन गोरखाको गाउंमा अवस्थित सिंहदेवी प्रा.वि.को नवनिर्मित भवनको उद्घाटन् गर्दै एलिस्टार म्याक्लिन। फर्निचर सेट र एउटा फोहोर जलाउने घर सहितको यो ४ कोठे विद्यालय भवनको निर्माण सिपाही Thaman Gurung VC को सम्झनामा गोर्खा वेल्फेयर स्कीम र ५ रोयल गोर्खा राइफल्स् (फ्रन्टिअर फोर्स) रेजिमेन्टल एशोसिएसनको संयुक्त सहयोगबाट गरिएको हो ।
कर्णेल आर.जे.जे. एलिस् र उहांको श्रीमतिलाई विदाइ


(Click to Enlarge)
२१ नोभेम्बर २००९ को दिन डाईरेक्टर GWS, कर्णेल आर.जे.जे. एलिस् Late QG SIGNALS र उहाको श्रीमति फिओना मेमसाहेबलाई विदाई गर्न AWC कास्कीको परिसरमा एउटा कार्यक्रम आयोजना गरिएको थियो। कर्णेल एलिस्ले कमाण्डर ब्रिटिश गोर्खाज नेपाल, डिफेन्स् अट्याची काठमाण्डू र डाईरेक्टर गोर्खा वेल्फेयर स्कीमको ५ वर्षको कार्यकाल पूरा गरी फर्कनु भएको हो ।
ब्रिटिश गोर्खाज पोखरामा विदाई कार्यक्रम

अनरेरी लेफि्टनेन्ट (क्यू.जि.ओ.) भिमप्रसाद राई Ex 10GR लाई सम्मानपत्र प्रदान गर्दै
(Click to Enlarge)
ब्रिटिश गोर्खाज पोखरामा आयोजित विदाई कार्यक्रममा GWS को फिल्ड डाईरेक्टर लेफि्टनेन्ट कर्णेल ए.पि.एम. ग्रिफिथ RGR  द्धारा अनरेरी लेफि्टनेन्ट (क्यू.जि.ओ.) भिमप्रसाद राई Ex 10GR लाई सम्मानपत्र Certificate of Appreciation प्रदान गर्नुभयो। भिमप्रसाद साहेबले अक्टोबर १९९३ मा सहायक एरिया वेल्फेयर अफिसर धरानको रुपमा GWS मा काम शुरु गर्नुभएको थियो। डिसेम्बर २००२ मा उहां एरिया वेल्फेयर अफिसर AWO मा पदोन्नति हुनुभयो र आफ्नो कार्यकाल पूरा हुन्जेल (३० नोभेम्बर २००९) सम्म AWC तेह्रथुममा सेवा गर्नुभयो। हामी भिमप्रसाद साहेबको रिटायर्ड जिवन सुखद होस् भन्ने कामना गर्दछौं ।
एउटा नया वेल्फेयर पेन्सनर सिपाही डिल्लीमान राई भू.पू. ७ गोरखा राईफल्स्

सिपाही डिल्लीमान राई भू.पू. ७ गोरखा राईफल्स्
(Click to Enlarge)
२११३८२२६ सिपाही डिल्लीमान राई भू.पू. ७ गोरखा राइर्फल्सको घर ओखलढुंगा फोक्सी गाउंमा पर्दछ। उनि सन् १९४३ मा भर्ति भएर भारत, बर्मा र मलायामा सेवा गरेका थिए। सन् १९५० मा टि.बि. लागेको कारणले फौज बाट डिस्चार्ज भएका ओखलढुंगा सिपाही मानबहादुर राईलाई घर पुर्‍याउन भनेर उनि नेपाल आएका थिए।

दुर्भाग्यबश उनि नेपालमा आएपछि मलेरियाले सिकिस्त बिरामी परे साथै त्यतिखेर नै उनको बाबाको पनि मृत्यु भयो। त्यसैले गर्दा उनि फेरि पल्टनमा फर्कन सकेनन् र बिना स्विकृत विदा गयल हुन पुगे। त्यसबेलादेखि नै डिल्लीमान गाउंमै खेतिकिसान गरी बसे र बालबच्चाहरू हुर्काए। दुःखको कुरा करिब १५ वर्ष अगाडी नै उनको श्रीमतिको पनि मृत्यु भयो। उनका ३ भाइ छोराहरू सबै आआफ्नो गरेर बसेका छन् भने उनि चांहि एक जना विवाहित नातिनीसंग बस्दै आएका छन्। यि नातिनीलाई पनि आफ्नै परिवारको समेत हरेचाह गर्नुपर्ने भएकोले वृद्ध डिल्लीमानलाई चाहिएको जस्तो स्याहार सुसार पुर्‍याउन कठिन परेको छ ।

गत सेप्टेम्बर २००८ मा ८५ वर्षीय वुद्ध र कमजोर डिल्लीमानको अन्य आयश्रोत नभएको र आफूले केहि काम गर्न पनि नसक्ने अवस्था रहेको कारणले केहि सहयोग पाउन सकिन्छ कि भनेर रुम्जाटारस्थित वेल्फेयर सेन्टरमा पुगे। उनको बारेमा AWO रुम्जाटारले सम्पूर्ण जांचबुझ गर्नुभयो र पक्का भू.पू. सैनिक हो भन्ने यकिन भएपछि उनको लागि वेल्फेयर पेन्सनको काम कार्वाही अगाडि बढाउनुभयो। फलस्वरुप उनको वेल्फेयर पेन्सन स्विकृत भयो र गएको जुन महिनामा उनले पहिलो पटक वेल्फेयर पेन्सन थापे। यसको लागि उनले GWS प्रति ठूलो आभार प्रकट गर्दै आफ्नो जीवनको अन्तिम केहि वर्षहरू आत्म-सम्मानकासाथ बिताउने आशा गरेका छन् ।
आगलागी पिडित वेल्फेयर पेन्सनर अबिर थापाको नयाँ घर

आगलागी पछिको घर
(Click to Enlarge)
८४ वर्षीय वेल्फेयर पेन्सनर अबिर थापा रोल्पा जिल्लाको दुर्गम गाउँ, गाम गा.वि.स.को मौलाबाङमा आफ्नो कान्छो छोराको परिवारसँग बस्छन्। गत २७ नोभेम्बर २००८ को साँझ करिब ६ बजेतिर घरका पाका मान्छेहरू घरभित्र भएको समयमा केटाकेटिहरू बाहिर आगोसँग खेल्दै थिए। अकस्मात घरको भित्तामा ठडाएर राखेको खरको मुठामा आगो लाग्यो र तेज हावाको कारणले आगो तुरुन्तै खरको छानामा सल्कियो। आगो घरको चारैतिर फैलियो र ढुङ्गागा माटो र खरको छानाले बनेको उनको घर आगोले नष्ट पार्‍यो। धन्न ठूलो भाग्यले कोहि कसैलाई चोटपटक लागेन साथै उनिहरूले घरका केहि सर-सामानहरू निकाल्न सफल भए तर घर बचाउन सकेनन्।
सन् २००८/०९ मा KAAA BGN द्वारा सम्पन्न गरिएका सामुदायिक योजनाहरु
धेरै बर्षदेखि कादुरी एग्रिकल्चरल एड एशोसिएसन, ब्रिटिस गोर्खाज नेपाल (KAAA BGN) ले नेपालका ग्रामिण भेगमा बस्ने मानिसहरूको जीवनस्तर सुधार्नको लागि व्यक्तिगत तथा सामुदायिक सहयोगका योजनाहरू दिंदै आइरहेको छ। बिशेष गरी झोलुंगे पुल, गोरेटो बाटो, ग्रामिण खानेपानी, लघु-जलविद्युत र सौर्य उर्जा प्रणाली सामुदायिक योजना अन्तर्गतका मुख्य योजनाहरू हुन्। सन् २००८/०९ मा KAAA BGN ले २० वटा पुल, एउटा ग्राभिटी रोपवे,६ वटा गोरेटो बाटो (भिरको बाटो) , १२ वटा खानेपानी (जसमा २ वटा योजनाहरू विद्युतीय पम्प प्रणालीका छन्), ५ वटा लघु-जलविद्युत, ४ वटा मिलयोजनाहरू सम्पन्न गर्नुको साथै थुप्रै पुराना योजनाहरूको मर्मत समेत गर्‍यो। ती योजनाको प्रतिनिधित्व गर्ने केहि योजनाहरूको बारेमा छोटो जानकारी तल दिइएको छ।


आ.व. सन् २००९-१० (वि.सं. २०६६-६७) मा GWS द्वारा गरिने ठूला सामुदायिक सहयोग योजनाहरु

नेपालको नक्सा
(Click to Enlarge)
दाताहरूको निरन्तर सहयोग र जिम्मेवार कर्मचारीहरूको लगनशिलताले गर्दा GWS ले भू.पू. सैनिक तथा तिनका परिवार र समुदायलाई धेरै महत्त्वपूर्ण सहयोग पुर्‍याउन सक्षम भएको छ। यो वर्ष GWS द्वारा करिब रु. ५१,९०,३४,४९३ को खर्चमा १५९ वटा ठूला किसिमका सामुदायिक योजनाहरू सम्पन्न गरिनेछ। यो बजेट गत वर्षको तुलनामा करिब रु. ६ करोडले बढि छ। यी ठूला योजनाहरू बाहेक GWS ले अन्य २२० वटा साना किसिमका योजनाहरू पनि सम्पन्न गर्नेछ जस अन्तर्गत १६० वटा साना विद्यालय योजना, १० वटा ट्वाईलेट र ५० वटा झोलुङ्गे पूल मर्मत गर्ने योजनाहरू रहेका छन्।

यी योजनाहरू सम्पन्न भैसकेपछि स्थानीय समुदायलाई हस्तान्तरण गरिनेछ। योजनाहरूको निर्माण अवधिमा स्थानीय समुदायको सहयोग त चाहिन्छ नै तर त्यो भन्दा पनि अझ जरुरी यी योजनाहरू सम्पन्न भै औपचारिक रुपमा समुदायलाई हस्तान्तरण गरिसकेपछि तिनको हेरचाह र उचित स्याहार संभार गर्नको लागि महत्वपूर्ण हुन्छ।

GWS ले सकेसम्म यी योजनाहरूलाई नेपालको विभिन्न भागमा पुर्‍याउने उद्देश्य राखेको छ। तलको नक्शामा यी योजनाहरूको वितरण देखाइएको छ ।
साना विद्यालय योजना अन्तर्गतका केहि प्रोजेक्टहरु

श्री जोरपाटी प्राथमिक विद्यालय
(Click to Enlarge)
आ.व. ०८/०९ मा GWS को साना विद्यालय विस्तार योजना अन्तर्गत निर्माण गरिएको गुल्मी जिल्लाको पुर्तिघाट गा.वि.स. वडा नं. ५, तल्लो डाँडास्थित श्री जोरपाटी प्राथमिक विद्यालयको ३ कोठे भवन। यस योजनाको कूल लागत रु. ८,११,७४८ रहेको थियो जसमा GWS बाट रु. ५ लाख सहयोग दिईएको थियो।
विश्वप्रसिद्ध बेलायती नायिका जोअना लम्लेको न्ध्क् मा भ्रमण २९ जुलाई २००९

जोअना लम्लेलाई न्यानो स्वागत गर्दै
(Click to Enlarge)
विश्वप्रसिद्ध बेलायती नायिका जोअना लम्ले "नेपालकी चेली" र उहाँको टोलीलाई एरिया वेल्फेयर सेन्टर (AWC) कास्की, पोखराको प्राङगणमा न्यानो स्वागत गर्दै वेल्फेयर पेन्सनरहरु।

धनकुटाको डाँडा बजारमा विद्यालय योजना सम्पन्न

धनकुटाको डाँडा बजारस्थित श्री भानु उच्च मा.वि.
(Click to Enlarge)
ठूला विद्यालय योजना अन्तर्गत GWS द्वारा सन् २००८/०९ मा निर्माण गरिने योजनाहरूमा नेपालको पूर्वी क्षेत्रबाट धनकुटाको डाँडा बजारस्थित श्री भानु उच्च मा.वि. छनौट भएको थियो। ६ कोठा सहितको यो दुई तले भवनको निर्माण कार्य नोभेम्बर २००८ को पहिलो हप्तामा शुरु भएर मे २००९ को अन्त्यमा सम्पन्न भयो। रु. ४३,५०,००० को कुल लागतमा निर्माण सम्पन्न भएको यो योजनामा स्थानीय समुदायबाट रु. ३,५०,००० ब्यहोरिएको थियो।

२५ नोभेम्बर १९५३ मा भू.पू. गोर्खा क्याप्टेन बुद्धिबहादर लिम्बु ३/१० गोर्खा राईफल्स्ले प्राथमिक विद्यालयको रुपमा एउटा झुपडिमा स्थापना गर्नुभएको यो विद्यालय जिल्ला कै पुरानो विद्यालयहरू मध्येको एक हो। उत्तरमा कञ्चनजंघा हिमालको पर्वतीय श्रृंखला देखिने ५,८७० फिटको उचाईमा रहेको मनोरम पहाडी भूभागमा अवस्थित यस विद्यालयले भू.पू. सैनिकहरूको बाक्लो बस्ति रहेको यस क्षेत्रमा निरन्तर सेवा पुर्‍याउँदै आएको छ। यो विद्यालयले सयौं ब्रिटिस गोर्खाहरू उत्पादन गरिसकेको छ जसमा एक दर्जनभन्दा धेरै अफिसरहरू छन्। २१ अगस्ट १९८८ मा आएको भुकम्पले यस विद्यालयको धेरैजसो भौतिक पुर्वाधारहरू नष्ट गरेको थियो र बचेका केहि भागहरू पनि चर्किएका थिए।

६ जुलाई २००९ को दिन GWS को फिल्ड डाईरेक्टर लेफि्टनेन्ट कर्णेल ए.पि.एम. ग्रिफिथ RGR ले स्थानीय समुदायको उपस्थितिमा एक समारोहका बिच सो नवँनिर्मितभवनको उद्घाटन गर्नुभयो। यसरी GWS ले विद्यालय योजनाहरू मार्फत विकाश निर्माणको दृष्टिकोणबाट पिछडिएका यस्ता पहाडी समुदायमा शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि महत्वपूर्ण सहयोग पुर्‍याएको छ।
© प्रधान कार्यालय गोर्खा वेल्फेयर स्कीम
ब्रिटिस गोर्खाज पोखरा, BFPO 4
पोष्ट बक्स नं. ५०, पोखरा, कास्की जिल्ला, गण्डकी अंचल
फोन नं. ००९७७-६१-४४०४७४, फ्याक्सः ००९७७-६१-४४०४९०
इ-मेल: mail@hqgws.org
Site Designed by Applied IT Solutions (Books.com.np)