| कादुरी ट्रष्टी र सिनियर म्यानेजमेन्ट टोलीको चुम्लिङमा भ्रमण |
कर्णेल एलिस, कर्णेल लेभेण्डर र सुश्री नताली पावर हाउसको अवलोकन गर्दै ।( Click to Enlarge)
८ मार्च २००९ को बिहान उत्तरी गोरखाको चुमखेत गा.वि.स. को चुम्लिङ गाउंमा प्रोजेक्ट म्यानेजर नरेशबहादुर गुरुङ, प्रोजेक्ट स्पोन्सर पासाङ लामा र गा.वि.स. अध्यक्ष दावा छिरिङ लगायत सम्पूर्ण गाउंलेहरूले हङकङबाट आउनुभएको कादुरी ट्रष्टीहरूलाई परम्परागत रुपमा खादा र फूलमालाले भव्य स्वागत गरे । भ्रमण टोलीमा हङकङबाट सर माइकल कादुरीकी जेठी छोरी सुश्री नताली, कादुरी च्यारिटेबल फाउन्डेसनका निर्देशक कर्र्णोल सि.पि. लेभेण्डर, श्रीमति लेभेण्डर र नतालीकी साथी सुश्री निक्की शोबेकी हुनुहुन्थ्यो भने नेपालबाट कमाण्डर BGN तथा GWS को डाइरेक्टर कर्र्णोल आर.जे.जे.एलिस, श्रीमति एलिस, KAAA Rep। कर्र्णोल जे.बि.स्मार्ट र एडमिन अफिसर क्याप्टेन के.बि.थापा हुनुहुन्थ्यो । यसभन्दा पहिले १० वर्षअगाडि सुश्री नताली १२ वर्षो उमेरमा नेपाल आउनुभएको थियो । गाउंको उकालो ओरालोमा हिंड्न सजिलो होस भनेर सबै पाहुनाहरूलाई एक एक वटा लौरो दिइएको थियो ।
|
 |
सुश्री नताली १५ किलोवाट क्षमताको लघु जलविद्युत योजनाको उद्घाटन गर्दै ।( Click to Enlarge)
गाउं भ्रमणको क्रममा पाहुनाहरू एउटा घरभित्र पस्नुभयो । त्यहां भएको पानी राख्ने भांडो र आगो बाल्ने ठाउं देखेर त्यसबारेमा बुझ्न पाहुनाहरू एकदमै उत्सुक हुनुभयो र ति विषयमा कर्र्णोल स्मार्ट र नरेशले उत्तर दिनुभएको थियो । भर्खरै सम्पन्न भएको १५ किलोवाटको लघु जलविद्युत योजनाबाट घरभित्रको अंध्यारो कोठा अहिले सि.एफ.एल. चिमले उज्यालो भएको थियो । गाउंबाट पावर हाउसतिर जाने क्रममा पाहुनाहरूलाई ध्याम्जा खोलामाथि राखिएको पुरानो काठको सांघु पनि देखाईएको थियो जहां कादुरी मार्फ निकट भविष्यमा नै एउटा नयां पूल हाल्ने योजना रहेको छ ।
|
 |
जोखिमपूर्ण काम - पहाडमा बिजुलीको खम्बा ढुवानी गर्दै ।( Click to Enlarge)
त्यहांबाट करिब ५ मिनेटको हिंडाइपछि नवनिर्मित पावर हाउसमा पुगियो र सुश्री नतालीले रिबन काटेर सो प्रोजेक्टको उद्घाटन गर्नुभयो । यस योजनाले चुम्लिङको १०६ घर परिवारलाई प्रत्यक्ष फाइदा पुर्याएको जानकारी पाएर नताली ज्यादै खुशि हुनुभयो । गाउंलेहरूले मायाको चिनो स्वरुप उहांलाई एउटा चिटिक्क परेको करुवा उपहार दिए जुन उहांले खुसीसाथ गहण गर्नुभयो । प्रोजेक्ट मेनेजर नरेशले प्रोजेक्टको बांकी अन्य भागको भ्रमण गर्राई सकेपछि नतालीले छोटो बक्तव्य मार्फत सम्पूर्ण गाउंलेलाई ठूलो धन्यवाद दिनुभयो र यस प्रोजेक्टले उनिहरूको जिवनस्तरमा केहि सुधार ल्याउन मद्धत पुग्नेछ भन्ने आशा समेत व्यक्त गर्नुभयो ।
|
 |