" गोर्खा वेल्फेयर स्कीमले गोर्खा वेल्फेयर ट्रष्टद्धारा प्रदान गरिएको श्रोत र साधन र नीतिनियम अनुसार भुतपूर्व गोरखा सैनिकहरु, उनीहरुमा भरपर्नेहरु र उनीहरुको समाजलाई सहयोग पुर्याउदै आएको छ । "
पेल्काचौरका वासिन्दालाई अझै पनि यो कुरा सम्झना छ कि सुखा मौसममा उनिहरुले र आफ्नो गाई वस्तुहरुले एउटै साझा कुवाबाट पानी खाने गर्दथे । यो समस्या समाधान गर्नको लागि उनिहरुले GWS मा निवेदन गरे । भाग्यवश उक्त खानेपानी योजना स्विकृत भयो । तर पछि योजना र्सर्वे गर्ने बेलामा केहि कठिनाईहरु ब्यहोर्नु पर्यो । जे भएतापनि स्थानीय वासिन्दाहरुको सहयोग र सहभागितामा २००८ को हिउंदमा उक्त योजना शुरु भयो । यो योजना निर्माणको लागि मुख्य अप्ठेरो के थियो भने पानीको मुहान लगभग ८ कि.मि. टाढा थियो र त्यहांबाट पाइप बिछ्याएर ल्याउंदा ३ वटा गा.वि.स. कटाएर ल्याउनु पथ्र्यो । गाउंदेखि मुहानसम्म पुग्न रित्तो मान्छेलाई मच्चिएर हिंड्दा पनि करिब ३ घंटा लाग्थ्यो । यी तमाम समस्याहरुको बावजुद पनि योजनाको निर्माण कार्य ठिक समयावधि र निर्धारित बजेट -अन्दाजी रु. ५५ लाख) भित्रै पूरा भयो । यति ठूलो र महत्वपूर्ण योजनाको उद्घाटन GWS को फिल्ड र्डाईरेक्टर साहेबको प्रमुख आतिथ्यमा गराउन गाउंलेहरुलाई मन लाग्यो र त्यो दिन २३ मे २००९ शनिवारलाई तोकियो । उद्घाटन समारोहमा गा.वि.स. का सबै जनताहरु उपस्थित थिए र पूरा वातावरण नै रमाईलो र चाडमय बनेको थियो । र्सवप्रथम त फिल्ड र्डाईरेक्टर र उहांको साथमा आउनुभएको RWSP को प्रोग्राम र्डाईरेक्टर र अन्य स्टाफहरुलाई भव्य स्वागत गरियो अनि उहांहरुलाई धाराहरुको वितरण र ट्यांकीहरु भएको ठाउंको अवलोकन भ्रमण गराइयो । त्यसपछि फिल्ड र्डाईरेक्टरले एउटा धारामा तयार पारिएको रिबन काटेर सो योजनाको उद्घाटन गर्नुभयो । अनि मन्तव्यको क्रम शुरु भयो जसमा बोल्ने सबै महानुभावहरुले GWS RWSP ले यति धेरै महत्वपूर्ण योजना दिएर गाउंलेलाई पुर्याएको सहयोग र यसबाट लामो समयदेखि गाउंमा रहेको खानेपानीको हाहाकारलाई अन्त्य गरेको कुरा दोहोर्याउनु भएको थियो । प्रति उत्तरमा फिल्ड र्डाईरेक्टरले आफ्नो कुराहरु राख्दै योजना सफल पार्न स्थानीय समुदायले पुर्याएको अमुल्य सहयोगको लागि सबैलाई धन्यवाद दिनुभयो र धेरै वर्षम्म यी धाराहरुमा सफा पानी आइरहोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो । अन्त्यमा गाउंलेहरुले फिल्ड र्डाईरेक्टर र अन्य पाहुनाहरुलाई हार्दिक कृतज्ञता प्रकट गर्दै बिदाई गरेपछि सो दिनको कार्यक्रम सकियो ।