| BGN तथा GWS को वार्षिक सम्मेलन २००९ |
 ( Click to Enlarge) ब्रिटिस गोर्खाज नेपाल तथा गोर्खा वेल्फेयर स्कीमको वार्षिक सम्मेलन २००९ यस वर्षको ब्रिटिस गोर्खाज नेपाल तथा गोर्खा वेल्फेयर स्कीमको वार्षिक सम्मेलन गत सेप्टेम्बर १४ देखि १८ तारिखसम्म ब्रिटिश गोर्खाज पोखरामा सम्पन्न भयो। सम्मेलनमा सम्पूर्ण AWOs हरु, ब्रिटिस गोर्खाज नेपाल, BGP र गोर्खा वेल्फेयर स्कीमका मुख्य व्यक्तित्वहरु तथा सिंगापूर पुलिस फोर्सको प्रतिनिधि सहभागी हुनुभएको थियो। सम्मेलनको प्रमुख उद्धेश्य गोर्खा ब्रिगेड, ब्रिटिश गोर्खाज नेपाल र गोर्खा वेल्फेयर स्कीमसंग सम्बन्धित नयां कुराहरुको जानकारी दिनु रहेको थियो। सम्मेलनको पहिलो चरण गोर्खा वेल्फेयर स्कीमको सेमिनार र तालिमबारेमा केन्द्रित थियो। गोर्खा वेल्फेयर स्कीमको फिल्ड डाईरेक्टर लेफ्टिनेन्ट कर्णेल ए. पि. एम. ग्रिफिथले उक्त सेमिनारको उद्घाटन गर्दै गोर्खा वेल्फेयर स्कीमको आगामी कार्यनितिबारे प्रष्ट पार्नुको साथै AWO हरुलाई आवश्यक निर्देशनहरु दिनुभयो। त्यसपछि विभिन्न विषयमा सम्बन्धित विभागीय प्रमुखहरुबाट जानकारी दिइएको थियो।
|
 |
सिनियर AWO बुटवल, क्याप्टेन (क्यू.जि.ओ.) जितबहादुर थापा Ex 1RGR लाई बधाई दिंदै कर्णेल एलिस्( Click to Enlarge) मुख्य सम्मेलन १७ तारिखको दिउंसो कमाण्डर ब्रिटिस गोर्खाज नेपाल तथा
डाईरेक्टर कर्णेल आर.जे.जे. एलिस्को उद्घाटन सम्बोधनबाट शुरु भएको थियो।
त्यसपछि थुप्रै महानुभावहरुबाट आ–आफ्ना सम्बन्धित विषयमा प्रिजेन्टेसन र
अपडेटहरु गरियो। कर्णेल डि.जि. हेज्: (कर्णेल ब्रिगेड अफ् गोर्खाज),
ब्रिगेडियर जे. एन्डरसन्, श्रीमति मार्गारेट गिल्मोर र टिम होल्ट, DFID
को रिस्क म्यानेजमेन्ट एडभाईजर ले पनि आ–आफ्ना सम्बन्धित विषयमा जानकारी
गराउनु भएको थियो। उक्त वि्रफिङमा रेजिमेन्टल तथा भू.पू. सैनिक संघ
संस्थाका प्रतिनिधिहरुलाई पनि आमन्त्रण गरिएको थियो। १८ तारिखको दिउंसो
सम्मेलनको समापन भएको थियो। सम्मेलनको समापन गर्नुभन्दा अगाडि कर्णेल
एलिस्ले सन् २००८/०९ को सर्वोत्तम AWC को घोषणा गर्नुभयो जस्को उपाधि
बुटवलले हात पार्यो। |
 |