" गोर्खा वेल्फेयर स्कीमले गोर्खा वेल्फेयर ट्रष्टद्धारा प्रदान गरिएको श्रोत र साधन र नीतिनियम अनुसार भुतपूर्व गोरखा सैनिकहरु, उनीहरुमा भरपर्नेहरु र उनीहरुको समाजलाई सहयोग पुर्याउदै आएको छ । "
AWC भोजपूरमा एउटा भू.पू. सैनिक सिपाही कर्नबहादुर राई ७ गोर्खा राइफल्स्को खुट्टामा सानो अपरेशन गर्दै GWS को घुम्ति डाक्टर डा. अविन्द्र रुम्दाली राई MBBS। कर्नबहादुरको खुट्टाको nail बिग्रेको कारणले उनलाई ज्यादै दुख्थ्यो र उनले यो दुखाई विगत १२ वर्ष अघिदेखि खप्दै आएका थिए ।
डा.निर्मला राई MBBS (Click to Enlarge)
स्यानजा जिल्लाको बरडांडा गाउंमा रहेको घरमा ७५ वर्षीया वेल्फेयर पेन्सनर, विधुवी नरमाया मल्ल (आर्मी नं. २९७३ स्वर्गीय लेस नायक सोमबहादुर मल्ल गोर्खा राइफल्स्को श्रीमति) को स्वास्थ्य परिक्षण गर्दै घुम्ति डाक्टर डा. निर्मला राई MBBS नरमाया उच्च रक्तचाप, बांया भागको मस्तिष्क पक्षघात र पिशापको रोगबाट पिडित छन् साथै जलबिन्दुको कारणले उनि अन्धि भएकी छिन् ।