कास्की वृद्धा भवनको 3-D नक्सा( Click to Enlarge) परिचय कास्की वृद्धा भवन एउटा परम्परागत नेपाली निर्माण सामाग्रीहरुबाट बनाइएको सम्पूर्ण आवश्यक सुविधा सहितको आधुनिक घर हो। पोखरा उपत्यकाभित्र अवस्थित gws को एक प्रमुख एरिया वेल्फेयर सेन्टर कास्कीको परिसरमा रहेको ३ रोपनी जग्गामा यो भवन बनेको छ। शितल हावापानी, मनोरम हिमाली दृष्य र रमाइला ठाउंहरुबाट नजिक पर्ने हुनाले पोखरा घुम्न र बस्नको लागि लोकप्रिय छ। उद्देश्य दिनहरु बित्दै जांदा मानिसको जिवनमा अनेकौं किसिमका शारिरिक, मानसिक तथा भावानात्मक दुःख एवं कठिनाईहरु आइपर्छन। हाम्रा लगनशिल र समर्पित स्टाफहरुले तपाईको यस्ता कठिनाई र दुःखको सामना गर्न मद्दत पुर्याउनुको साथै तपाईको दैनिक जिवनयापनमा सुधार ल्याउन भरपूर समय दिनेछन। तपाईले यो बुझनुहोस् कि कास्की वृद्धा भवनमा तपाईको बसाईलाई सकेसम्म सुखद र सुरक्षित बनाउनको लागि हामीले कुनै कसर बांकी राख्नेछैना। तपाईलाई कास्की वृद्धा भवनमा कहिल्यै पनि एक्लोपनको आभास हुनेछैन। त्यहां तपाईले नयां साथीहरु भेटेनु हुनेछ साथै हाम्रा नियमित क्रियाकलाप र मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुनुहुनेछ। तपाईलाई भेटेन आउने तपाईका आफन्तहरुलाई सधै स्वागत छ र तपाईको परिवार र साथीहरुसंग भेटघाट गर्न प्रशस्त अवसर दिईनेछ। मापदण्ड यो कास्की वृद्धा भवनमा आफ्नो जिवनको उत्तरार्द्धका दिनहरु बिताउन सबै वेल्फेयर पेन्सनरलाई खुल्ला छ तर पनि त्यसमा केहि मापदण्डहरु तोकिएका छन्, जस्तैः उमेर ८० वर्षभन्दा माथिको हुनुपर्ने, विधुर वा विधुवी हुनुपर्ने, अरुको सहयोग बिना नै आफ्नो नियमित व्यक्तिगत कामहरु आफै गर्नसक्ने र परिवारको सहयोग बिना एकलै बस्दै आएको हुनुपर्ने ।
|