| कर्णेल आर.जे.जे. एलिस् र उहांको श्रीमतिलाई विदाइ |
 ( Click to Enlarge) २१ नोभेम्बर २००९ को दिन डाईरेक्टर GWS, कर्णेल आर.जे.जे. एलिस् Late QG SIGNALS र उहाको श्रीमति फिओना मेमसाहेबलाई विदाई गर्न AWC कास्कीको परिसरमा एउटा कार्यक्रम आयोजना गरिएको थियो। कर्णेल एलिस्ले कमाण्डर ब्रिटिश गोर्खाज नेपाल, डिफेन्स् अट्याची काठमाण्डू र डाईरेक्टर गोर्खा वेल्फेयर स्कीमको ५ वर्षको कार्यकाल पूरा गरी फर्कनु भएको हो ।
|
 |
डाईरेक्टर GWS, फिल्ड डाईरेक्टर र डेपुटी फिल्ड डाईरेक्टरको साथमा सामुहिक फोटो ।( Click to Enlarge) दिउंसो ठिक ३ बजे नै HQ GWS, RWSP र KAAA BGN का स्टाफहरु लगायत वेल्फेयर सेन्टरहरुबाट आएका प्रतिनिधिहरु ब्ध्ऋ कास्कीको चौरमा जम्मा भएर पाहुनाहरुको स्वागत गर्न तयार थिए। केहि समयको पर्खाईपछि फिल्ड डाईरेक्टर लेफि्टनेन्ट कर्णेल ए.पि.एम. ग्रिफिथ र एन मेमसाहेबको साथमा सो दिनको विशिष्ट पाहुना कर्णेल एलिस् र फिओना मेमसाहेब आईपुग्नु भयो। त्यसपछि drinks र टिपनटापनको साथमा कर्णेल एलिस् र फिओना मेमसाहेब त्यहां उपस्थित सबै जना स्टाफसंग भेटघाट र कुराकानी गर्न व्यस्त देखिनु हुन्थ्यो। विदाई कार्यक्रम शुरु हुनभन्दा पहिला लेफि्टनेन्ट कर्णेल ग्रिफिथ साहेबले एउटा महत्वपूर्ण समाचारको घोषणा गर्नुभयो जस अनुसार GWS का ४० जना स्टाफहरुले संस्थाको लागि उनिहरुले पुर्याएको विशिष्ट सेवा र समर्पणको सम्मान गर्दै गोर्खा वेल्फेयर टष्ट (GWT) को अध्यक्षबाट कदर पत्र Certificate of Commendation प्राप्त गरेका थिए।GWT को ४० औं वार्षिकोत्सवको अवसर मा दिईएको सो कदरपत्र सम्बन्धित स्टाफहरुलाई हस्तान्तरण गर्दै कर्णेल एलिस्ले उनिहरुको कडा मेहनत र संस्थाप्रतिको योगदानको लागि ठूलो बधाई दिनुभयो ।
|
 |
त्यसपछि विदाई कार्यक्रमको शुरुवात गर्दै लेफि्टनेन्ट कर्णेल ग्रिफिथ साहेबले अंग्रेजीमा र डेपुटी फिल्ड डाईरेक्टर अनरेरी मेजर कृष्णबहादुर गुरुङ MVO MBE ले नेपालीमा कर्णेल एलिस् साहेबको कार्यकालमा GWS ले गरेको प्रमुख उपलब्धिहरुको बारेमा चर्चा गर्नुभयो। यसको साथै उहांहरुले GWS लाई सफल बनाउनको लागि कर्णेल एलिस् साहेबले प्रदान गर्नुभएको कुशल नेतृत्वको लागि पनि आभार व्यक्त गर्नुभयो। त्यसपछि माल्यार्पण र उपहारको कार्यक्रम शुरु भयो। सम्पूर्ण GWS स्टाफहरुको तर्फबाट लेफि्टनेन्ट कर्णेल ग्रिफिथ साहेब र एन मेमसाहेबले क्रमशः कर्णेल एलिस् र फिओना मेमसाहेबलाई GWS को चिनो प्रदान गर्नुभयो। त्यसपछि विदा भएर जान लाग्नुभएको डाईरेक्टर GWS, कर्णेल एलिस्ले आफ्नो प्रतिउत्तर भाषणको रुपमा एउटा मार्मिक कथा नेपालीमा पढेर सुनाउनु भयो जसमा उहांहरुको GWS र यसका स्टाफहरुप्रतिको सम्बन्ध कति धेरै गाढा छ भन्ने कुरा व्यक्त थियो। त्यसपछि थुप्रै ग्रुप फोटोहरु खिचियो अनि रमाइलोसंग मेसिङ स्टाइलको डिनर खाईसकेपछि करिब राति ९ बजे कार्यक्रम सकियो। हामी कर्णेल एलिस् र फिओना मेमसाहेबको अवकाश प्राप्त जिवन फ्रान्समा सुखद रहोस् भनि कामना गर्दछौं ।
|
 |