" गोर्खा वेल्फेयर स्कीमले गोर्खा वेल्फेयर ट्रष्टद्धारा प्रदान गरिएको श्रोत र साधन र नीतिनियम अनुसार भुतपूर्व गोरखा सैनिकहरु, उनीहरुमा भरपर्नेहरु र उनीहरुको समाजलाई सहयोग पुर्‍याउदै आएको छ । "
MRI सेवामा सहुलियत प्रदान        निःशुल्क स्वास्थ्य शिविर बस्नेबारे सूचना        Not Available in Nepali        वेल्फेयर पेन्सन बढ्यो        
गृह पृष्ठ
समाचार र कार्यक्रमहरु
सूचनाहरु
फोटो संग्रह
त्रैमासिक पत्रिका
लेखहरु
बार्षिक प्रतिवेदनहरु
सम्पर्कहरु
 
समाचार र कार्यक्रमहरु
सहायक एरिया वेल्फेयर अफिसर AAWO हरूको सेमिनार सम्पन्न

AAWO हरु कम्प्युटर तालिममा व्यस्त
(Click to Enlarge)
यस वर्षको AAWO हरूको सेमिनार तथा तालिम गत जनवरी ११ देखि १९ तारिखसम्म GWS को प्रधान कार्यालय, ब्रिटिश गोर्खाज पोखरामा सम्पन्न भयो । सम्मेनको प्रमुख उद्देश्य AAWO हरूलाई GWS को नयां कार्य प्रणालीबारे जानकारी गराउनुका साथै उहाँहरूको कम्प्युटर सम्बन्धि ज्ञानलाई बढाउनु रहेको थियो । उक्त एक हप्ता लामो सेमिनारमा २० वटै AWC का ३९ जना AAWO हरूले भाग लिनुभएको थियो ।
GWS को फिल्ड र्डाईरेक्टर लेफि्टनेन्ट कर्णेल ए.पि.एम. ग्रिफिथ RGR ले उक्त सेमिनारको उद्घाटन गर्दै GWS ले गरेको उपलब्धिहरूबारे चर्चा गर्दै संस्थालाई अझ अघि बढाउनको लागि आवश्यक निर्देशन दिनुभयो । त्यसपछि विभिन्न विषयहरूमा सम्बन्धित विभागीय प्रमुखहरूले उपयोगी जानकारी गराउनु भयो । सेमिनारको पछिल्लो चरणमा IT शाखाको संयोजनमा सबै AAWO हरूलाई स्थानीय कम्प्युटर इन्स्िटीच्यूटमा ५ दिने कम्प्युटर तालिममा सहभागी गर्राईयो । सेमिनारको समापन १९ तारिखको दिउंसो GWS को डेप्युटी फिल्ड र्डाईरेक्टर अनरेरी मेजर कृष्णबहादुर गुरुङ MVO MBE ले गर्नुभयो ।

सेमिनारको दौरानमा सबै AAWO हरूले हरेक दिन दिउंसो खेलाइएको विभिन्न खेलमा भाग लिनुभयो । यसबाट उहाँहरूले प्रशस्त मनोरञ्जन लिनुको साथै आफ्नो पुरानो कौशलता र स्टामिना देखाउने सुनौलो मौका मिल्यो । १४ तारिखको दिउंसो जेफी कप फुटबल खेलाइएको थियो । यो नै AAWO हरू बिच खेलाइएको पहिलो जेफी कप थियो । यसभन्दा अगाडि यो कप AWO हरू बिच खेलाइन्थ्यो । २००८ मा AWO हरूले यो कप आफूहरूभन्दा अलिक तन्देरी AAWO हरूलाई खेल्न दिएमा राम्रो हुने विचार व्यक्त गर्नुभएको थियो ।

- लछुमन राना, अफिस म्यानेजर GWS

Related Articles
Extracts from the report by Mobile Doctor Dr Gita Pun
GWS मा नया डाईरेक्टर
BGN तथा GWS को वार्षिक सम्मेलन २००९
AWC गोरखामा स्वास्थ्य शिविर सम्पन्न
घुम्ति डाक्टरको क्लिनिक
कास्की वृद्धा भवनबारे जानकारी
सामुदायिक सहयोग योजना
कर्णेल आर.जे.जे. एलिस् र उहांको श्रीमतिलाई विदाइ
ब्रिटिश गोर्खाज पोखरामा विदाई कार्यक्रम
एउटा नया वेल्फेयर पेन्सनर सिपाही डिल्लीमान राई भू.पू. ७ गोरखा राईफल्स्
आगलागी पिडित वेल्फेयर पेन्सनर अबिर थापाको नयाँ घर
सन् २००८/०९ मा KAAA BGN द्वारा सम्पन्न गरिएका सामुदायिक योजनाहरु
आ.व. सन् २००९-१० (वि.सं. २०६६-६७) मा GWS द्वारा गरिने ठूला सामुदायिक सहयोग योजनाहरु
साना विद्यालय योजना अन्तर्गतका केहि प्रोजेक्टहरु
विश्वप्रसिद्ध बेलायती नायिका जोअना लम्लेको न्ध्क् मा भ्रमण २९ जुलाई २००९
धनकुटाको डाँडा बजारमा विद्यालय योजना सम्पन्न
स्वास्थ्य सहायकहरूको वार्षिक पुनर्ताजगी तालिम सम्पन्न
शैक्षिक अनुदान छनौट बोर्ड ०८/०९ को निर्णय
GWT ट्रष्टीहरूको GWS मा भ्रमण
GWT को अध्यक्षबाट को GWS भ्रमण
स्याङजाको हालखबर
सिलाई कटाइ तालिम सम्पन्न
कादुरी ट्रष्टी र सिनियर म्यानेजमेन्ट टोलीको चुम्लिङमा भ्रमण
भालुबाङमा RWSP को खानेपानी योजना सम्पन्न
पेल्काचौरमा खानेपानी योजनाको उदघाटन
© प्रधान कार्यालय गोर्खा वेल्फेयर स्कीम
ब्रिटिस गोर्खाज पोखरा, BFPO 4
पोष्ट बक्स नं. ५०, पोखरा, कास्की जिल्ला, गण्डकी अंचल
फोन नं. ००९७७-६१-४४०४७४, फ्याक्सः ००९७७-६१-४४०४९०
इ-मेल: mail@hqgws.org
Site Designed by Applied IT Solutions (Books.com.np)