राइमाता र उनको पुनर्निमित घर( Click to Enlarge) १९ तारिखको दिन उनले AWS गुल्मीमा वेल्फेयर पेन्सन थाप्न जांदा सो आगलागीको बारेमा जानकारी गराइन् । त्यसको केहि दिनपछि AWS का स्टाफहरू उनको घरमा पुगेर घटनाको जाचबुझ गर्नुभयो । सबै जाचबुझ गरीसकेपछि उनको घर पुनर्निर्माण गर्नको लागि चाहिने आर्थिक अनुदान प्रदान गर्न GWS को प्रधान कार्यालयमा शिफारिस गरियो । त्यसपछि सोही अनुसार फिल्ड र्डाईरेक्टरबाट रु। ६३,००० अनुदान स्विकृत भयो । यो रकमबाट र्राईमाताले आफ्नो घरको पुनर्निर्माण गरिन् र अहिले त्यहि घरमा बस्दैछिन् । यस्तो आपत्कालिन अवस्थामा GWS ले पुर्याएको सहयोगको लागि उनले ठूलो आभार प्रकट गरेकी छिन् ।
- अनरेरी लेफि्टनेन्ट हरिबहादुर राना, AWO गुल्मी |