" गोर्खा वेल्फेयर स्कीमले गोर्खा वेल्फेयर ट्रष्टद्धारा प्रदान गरिएको श्रोत र साधन र नीतिनियम अनुसार भुतपूर्व गोरखा सैनिकहरु, उनीहरुमा भरपर्नेहरु र उनीहरुको समाजलाई सहयोग पुर्याउदै आएको छ । "
गत २००९ अप्रिल २४ मा बसेको GWT (UK) ट्रष्टीहरूको वैठकले वेल्फेयर पेन्सनको दरमा वृद्धि गर्ने निर्णय गरेको छ । यहि १ जुलाई २००९ देखि वेल्फेयर पेन्सनको दर मासिक रु.३,८०० बाट बढेर मासिक रु.४,००० हुनेछ । यो वृद्धिले गर्दा अबदेखि एउटा वेल्फेयर पेन्सनरले हरेक तीन-तीन महिनामा वेल्फेयर पेन्सन थाप्दा एकमुष्ट रकम रु.१२,००० पाउनेछन ।